महेश बस्नेतले फुच्चे केटो भनेकै व्यक्तिले चुनाव जितेपछि एमालेलाई ठूलो झट्का [फोटो फिचर]

admin

जेष्ठ ६, भक्तपुर: पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय महेश बस्नेतकै आधारक्षेत्रको रुपमा परिचित सुर्यबिनायाक-९ मा नेपाली कांग्रेसका युवानेता भगवान खत्रीले शानदार जित हाँसिल गरेपछि माननीय महेश बस्नेतलाई ठूलो झट्का लागेको छ। महेश बस्नेतको आफ्नै मावली गाउँ र नेकपा एमालेको लालकिल्लाको रुपमा रहिआएको सुनपा वडा नम्बर ९ मा नमिठो पराजय भोगेपछि आगामी संसदीय चुनावमा समेत आफ्नो थुप्रै भोट घट्न सक्ने उनले आँकलन गरिसकेका छन्। उक्त वडामा भोट माग्न महेश बस्नेत आफ्नैं निरन्तर घरदैलोमा सहभागी भएका थिए।

सुनपा वडा नम्बर ९ कै काँक्राबारीमा आयोजना गरिएको चुनावी सभामा उनले भगवान खत्रीलाई कांग्रेसको एउटा फुच्चेले वडा-अध्यक्ष जितेर समग्र वडाको विकास गर्न नसक्ने बताएका थिए। नेकपा एमालेले मेयर तथा उपमेयर जितेपछि वडा मात्र जितेर कांग्रेसले केहि गर्न नसक्ने बस्नेतको तर्क थियो।

बिशेष गरि आफ्नो वडाबासीहरुको दुख र सुखमा निरन्तर साथ् दिदै आएका भगवान खत्री उक्त वडाका सबैजसो जनसमुदायसँग उत्तिकै घुलमिल र परिचित व्यक्तित्व हुन्। बिभिन्न सामाजिक काम र भ्रस्टाचार बिरुद्ध समेत खबरदारी गर्दै आएका खत्री पेशाले युवा व्यवसायी समेत हुन्। माननीय बस्नेतले होच्याएर फुच्चे भनेका यिनै भगवान खत्रीले चुनाव जितेपछि अहिले एमालेलाई ठूलो झट्का लागेको छ।

देशब्यापी रुपमा आएको युवाहरुको उभारले बालेन शाह जस्ता स्वतन्त्र व्यक्तिलाई अग्रस्थान दिलाई रहँदा अहिले दलका बुद्धिजीवीहरुले समेत यस्तै तर्क दिएर होच्याउने गरेका छन्। तर निस्वार्थ भावनाले राजनीतिलाई पेशा होइन समाजसेवा बनाउनेछौं भनेर आएका युवाहरुले आमुल परिवर्तन गर्न नसकेपनि परिवर्तनको झिल्को भने शुरु गर्ने कतिपयको बुझाइ छ।

 

 

प्रतिक्रिया