ललितपुर महानगरको मेयरमा पुन: चिरीबाबु महर्जन निर्वाचित

admin

काठमाडौं, १० जेठ : ललितपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन्।

दोस्रो कार्यकालका लागि निर्वाचित महर्जनले ४२ हजार ९ सय ४८ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ९ सय ९३ मत मात्रै पाए।

उपप्रमुखमा भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्य विजयी भएकी छिन्।

मञ्जलीले २४ हजार ५ सय ६१ मत प्राप्त गर्दा बाबुराजले १७ हजार ५ सय ३६ मत ल्याए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले केहीबेरमा औपचारिक घोषणा गर्दैछ।

प्रतिक्रिया