पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

admin

काठमाडौँ, १३ जेठ : पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियुले राजधानीमा मशाल जुलुस निकालेका छन् ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिका कारण जनताको जनजिवन प्रभावित भएको भन्दै उनीहरुले शुक्रबार काठमाडौंको मीनभवनमा मशाल जुलुस निकालेका हुन् ।

उनीहरुले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि खारेज गर्नुपर्ने भन्दै जनताको जनजिवन प्रभावित पार्ने वर्तमान सरकारको बहिर्गमन र उद्योगमन्त्रीको राजीनामा माग गरेका छन् ।

मशाल जुलुसका क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । अनेरास्ववियुका नेता आरसि लामिाछानले चारदिनसम्मको विरोधका बिच सरकारले आफुहरुको कुरा नसुनेको भन्दै अव शसक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

नेपाल आयल निगमले पछिल्लो समय निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको छ ।

प्रतिक्रिया