Home

सर्वोच्चले निर्माणमा रोक लगाएको निजगढ विमानस्थल सरकारले अघि बढाउने

admin

काठमाडौं, १५ जेठ : सर्वोच्च अदालतले निर्माणमा रोक लगाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले बजेटमा समेटेको छ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विमानस्थल निर्माण कार्य अगाडि बढाउने बताएका हुन्।

निजगढ विमानस्थल पुनर्निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने उनले बताए।

त्यसो त सर्वोच्च अदालतले बिहीबार निजगढमा विमानस्थल निर्माण अगाडि नबढाउन निर्देशन दिएको थियो।

प्रतिक्रिया