आज सोमबारे औँसी, बटसावित्रीको व्रत पनि

admin

काठमाडौं, १६ जेठ : सोमबारे औँसी। औँसी तिथि र सोमबार एकैदिन परेको दिनलाई सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन्।

वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ।

पुराण र ज्योतीषीय ग्रन्थमा भने सोमबारको औँसीमा बिहान सबेरै उठेर नबोली नुहाउने भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने बताइएको छ। यो दिन तुलसी वा पिपलको पूजा गर्ने र प्रदक्षिणा गर्ने विधान छ।

जेष्ठ कृष्ण औँसीका दिन बटसावित्रीको व्रत गर्ने परम्परा पनि रहेको छ। यसमा बरको वृक्षमुनि बसेर व्रत गर्ने विधान छ।

विशेषगरी महिलाले अटल सौभाग्यको कामना गरी यो व्रत गर्ने परम्परा रहेको पुराणवाचक पं.बालमुकुन्द देवकोटाले बताए।

प्रतिक्रिया