रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल लगिँदै

admin

काठमाडौं, १८ जेठ : रातो मच्छिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिँदैछ। ३ सातासम्म लगनखेलको थतिटोल चौबाटोमा रहेको रथ दिउँसो ४ बजे जावलाखेलतर्फ लग्ने गुठी संस्थानले जनाएको छ।

गुरुज्यूको पल्टनले हर्षबढाइँ गरेपछि रथ तान्न सुरु हुन्छ। गुरुज्यूको पल्टन, बाजागाजा सहितको लावालस्करले रथ तान्दै जावलाखेल पुर्‍याउँछन्।

विभिन्न टोलका बासिन्दा भेला भएपछि गुरुज्यूको पल्टन, बाजागाजासहितको लावालस्करले रथ तान्दै जावलाखेल पुर्‍याउँछन्। रथलाई जावलाखेल पुर्‍याएपछि पल्टनले फेरि हर्षबढाइँ गर्ने चलन छ।

प्रतिक्रिया