काठमाडौं, २७ जेठ: १४ वर्षीय एक बालक पछिल्लो सातादेखि बेपत्ता भएका छन् । चन्द्रागिरी नैकापबाट ७ दिनअघि बिहानै घरबाट हिडेका समीर कार्की हालसम्म सम्पर्कविहीन भएका हुन् ।
साथीभाई, आफन्त तथा छरछिमेका खोजतलास गरेपनि उनको कुनै जानकारी प्राप्त नभएको उनकी आमाले बताइन् । उनका अनुसार, घरबाट निस्कदा समीरले कालो क्याप कालो शर्ट कालो प्यान्ट सेतो जुत्ता लगाएका थिए ।
हिमालय स्कुल गौशालामा कक्षा ९ मा अध्ययनरत थिए । उनलाई देखे वा फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारको फोन नम्बर ९७४४३७८४७३ अथवा ९७६५५६८७१६ मा सम्पर्क गरि सहयोग गरिदिन उनको परिवारले आग्रह गरेको छ ।