सालारमा दुई प्रभास

पिएनपि खबर

काठमाडौं, ३ असार : अभिनेता प्रभास हालका दिनमा फिल्म ‘केजीएफ २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म ‘सालार’को सुटिङमा व्यस्त छन् । फ्यानहरू यो फिल्मको व्यग्र प्रतिक्षामा छन् ।

हालैमात्र फिल्मको सेटबाट अभिनेताको तस्बि भाइरल भएको थियो, जुन तस्वीर हेरेपछि दर्शकमा थप उत्सुकता बढेको छ । हालैमात्र फिल्ममा प्रभास दोहोरो भूमिकामा देखिने कुराको खुलासा भएको छ ।

फिल्मको कथा दुई अलग-अलग समयमा आधारित रहेकाले प्रभासलाई ती दुवै समयमा देखाइनेछ । फिल्म ‘बाहुबली’मा पनि प्रभासलाई एक भागमा पिता अमरेन्द्र बाहुबली र दोस्रो भागमा छोरा महेन्द्र बाहुबलीको भूमिकामा देखाइएको थियो ।

एक्सन थ्रिलर फिल्म ‘सालार’मा प्रभासको अपोजिटमा श्रुति हासन देखिँदैछिन् । फिल्ममा उनले प्रभासकी प्रेमिका रुचिको भूमिका निभाउनेछिन् । फिल्म सन् २०२३ सम्म रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू