काठमाडौं, ६ असार : प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ ।
सोमबार साँझ काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिबाट अनेरास्ववियुले मसला जुलुस प्रदर्शन गरेको थियो ।
आन्दोलनमा उत्रिएका अनेरास्ववियु र प्रहरीबीच झडपसमेत भएको थियो । प्रहरीले बल प्रयोग गर्दा अनेरास्ववियुका नेता आरसी लामिछानेसहितका नेता घाइते भएका छन् ।
उनीहरुको मोडल अस्पतालमा उपचार भइरहेको छ । सरकारले हिजो पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको थियो ।