एन्फा विदेश विभाग प्रमुखमा पाण्डे नियुक्त

admin

काठमाडौं, ८ असार : नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको पहिलो बैठकले महासचिव र कोषाध्यक्ष मनोनीतसँगै विदेश विभाग प्रमुख नियुक्त गरेको छ ।

बुधबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको एन्फाको यस कार्यसमिति बैठकले महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीसँगै विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेको हो ।

सोमबार भएको एन्फाको चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया