भूकम्पको धक्का महसुस

admin

काठमाडौं, १८ असार : दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शनिबार दिउँसो ३ बजेर ३२ मिनेटमा जुगु आसपास केन्द्र भएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको हो।

पछिल्लो समय ४ रेक्टर माथिका भूकम्प जाने क्रम बढ्दै गएको छ। असार लागेयता मात्रै ४ रेक्टर माथिका तीन वटा भूकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार असार ९ गते एकै दिन कास्की केन्द्र भएर ४ दशमलब ९ र गोरखा केन्द्र भएर ४ दशमलब १ रेक्टरको भूकम्प गएको थियो।

प्रतिक्रिया