रञ्जु दर्शना काठमाडौं ५ मा चुनाव लड्ने

admin

काठमाण्डाै, १९ असार : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् ।

२०७४ को स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ’, शनिबार राति उनले फेसबुकमा लेखेकी छिन्– ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु।’

उनले आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनेहरूलाई फर्म भर्न अनुरोध गर्दै एउटा लिंक पनि उपलब्ध गराएकी छिन् ।

प्रतिक्रिया