भ्यानले ठक्कर दिँदा छोराको मृत्यु, आमा घाइते

admin

काठमाडौँ, १९ असार : काठमाण्डौंको बल्खुमा आइतबार भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन्।

मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन्। गम्भीर घाइते भएका बालकको बल्खु स्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ। बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिँडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो।

सवारी साधन सहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया