नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि

admin

काठमाडौँ, २२ असार : नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उप प्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको जीन सिक्‍वेन्सिङ मार्फत परीक्षण गर्दा दुई वटा नमुनामा यो उप प्रजाति पुष्टि भएको उनले बताइन्।

त्यस्तै, देशभर दुई हजार ७ सय २४ कोरोना परीक्षण गर्दा थप १ सय १३ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिइन्। यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन भने २० जना कोरोनामुक्त भएका छन्।

हाल सक्रिय संक्रमितको संख्या चार सय ७१ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले पछिल्लो समय फेरि कोरोना संक्रमणदर बढ्दै गएको जनाएको छ।

प्रतिक्रिया