नेपालमा एकैदिन ४५६ जनामा कोरोना पुष्टि

admin

काठमाडौँ, ६ साउन : पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८३८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार १६८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ८४ जना र १ हजार ६७० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २४ हजार ४३२ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २८ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ८४१ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ८० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार ३०८ पुगेको छ ।

प्रतिक्रिया