राप्रपा नयाँ शक्तिका रुपमा : अध्यक्ष लिङ्देन

admin

कैलाली, ११ साउन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा विकास भइरहेको बताउनुभएको छ ।

सो पार्टीको कैलाली जिल्ला समितिले आज धनगढीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उहाँले पार्टीले आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नयाँ परिणाम दिने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले अहिले सुस्ताएको राजनीतिमा फेरि नयाँ तरङ्ग सिर्जना गर्ने काम राप्रपाबाट भइराखेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया