थप पाँच सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

admin

काठमाडौँ, २२ साउन : देशभर पछिल्लो २४ घण्टामा पाँच सय ५३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा तीन हजार सात सय ८९ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ४० जनाले पिसीआर र एक हजार सात सय ४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा चार सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७२ हजार चार सय ९७ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ५९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ७१ पुगेको छ ।

होम आइसोलेशनमा पाँच हजार पाँच सय सात, संस्थागत आइसोलेसन एक सय ५२, आइसीयू ४५ र भेन्टिलेटरमा तीन जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कास्की र मोरङ रहेका छन् ।

शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालिकोट र हुम्ला रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा तीन हजार १० र ललितपुर सात सय ७८ र भक्तपुरमा ९६ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया