कोरोनाबाट दुई जनाको मृत्यु, थप ४५५ मा संक्रमण पुष्टि

admin

काठमाडौं, साउन २९ : पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। ३०२ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सो अवधिमा देशभरबाट ४८२९ नमूना परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २३०८ र एन्टिजेनबाट २५२१ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३०५ र एन्टिजेनबाट १५० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। हाल कोरोना सक्रिय संक्रमितको संख्या ५४३५ पुगेको छ।

प्रतिक्रिया