३४ युट्युब च्यानल कारबाहीमा

admin

काठमाडौं, १५ भदौ : प्रेस काउन्सिल नेपालले काउन्सिलले पछिल्लो एक वर्षमा पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा सिफारिस गरेको छ ।

दर्ता भएर सञ्चालनमा रहेका १४ वटा युट्युब च्यानललाई आचारसंहिताबमोजिम कारबाही गरिएको काउन्सिलसको विज्ञप्तिमा उल्लेख छ ।पछिल्लोपटक आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ ।

सामाजिक सद्भाव बिथोल्ने, जातिय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने वीरगोर्खाली नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न साइबर ब्युरोलाई सिफारिस गरिएको काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया