सामाजिक सञ्जालमा अश्लील भिडियो हाल्दिने भन्दै ब्ल्याकमेल गर्ने २ जना पक्राउ

admin

काठमाडौं, १५ भदौ : सामाजिक सञ्जालमार्फत् नाबालिका र महिलालाई दु:ख, हैरानी र अपमान गरेको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारीका १९ वर्षीय युवक मोहम्मद रमीज राजा र ताप्लेजुङको फुङलिङ नगरपालिका-४ घर भई हाल काठमाडौंको बौद्ध भृकुटीचोक बस्‍ने ३२ वर्षीय जेम्स तामाङ रहेको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जनाएको छ।

रमीज राजाले सामाजिक सञ्जाल भाइबरमा नाबालिकासँग अडियो सम्वाद गरी सामाजिक सञ्जालमा अश्लिल भिडियो भाइरल भएको भनी डर देखाएको र तामाङले पीडित महिलालाई इन्स्टाग्राम तथा बिंगोमा साथी बनाई अश्लील प्रदर्शन गर्न लगाएर सामाजिक सञ्जालमा हालिदिने भन्‍दै ब्ल्याकमेल र मानसिक यातना दिएको ब्‍यूरोको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्‍यूरोले जनाएको छ ।

प्रतिक्रिया