काभ्रेको खानीखोला गाउँपालिकालाई एम्बुलेन्स

राष्ट्रिय समाचार समिति

काभ्रे, २० भदौ : काभ्रेपलाञ्चोकको डाँडापारिस्थित विकट खानीखोला गाउँपालिकालाई आज एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ धुलिखेलको समन्वय र फेन्दे फाउन्डेशनको सहयोगमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङलाई निःशुल्क एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

विकट क्षेत्रका नागरिकलाई उपचारमा छिटो, छरितो र सहजता प्रदान गर्न टेवा पु¥याउने उद्देश्यले एम्बुलेन्स सहयोग गरेको रोटरी क्लब अफ धुलिखेलका प्रमुख प्रशासक डा राम लामाले बताउनुभयो । पालिकाको वडा नं २ फलामेटार स्वास्थ्य चौकीमार्फत सञ्चालन गर्ने गरी निःशुल्क एम्बुलेन्स हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष थिङले दुर्गमका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि उपहारस्वरुप उपलब्ध गराएको एम्बुलेन्सले धेरै राहत मिल्ने बताउनुभयो ।

प्रतिक्रिया