फिलिपिन्सको मिस्टर ईन्टरनेसनलमा नेपालको प्रतिधित्व मानसले गर्ने

admin

काठमाडौँ । ‘मिस्टर सुप्रानेसनल नेपाल २०२२’ का फस्र्ट रनरअप मानस कुमार राई फिलिपिन्सको ‘मिस्टर ईन्टरनेसनल २०२२’ मा सहभागी हुने भएका छन् ।

१४ औं सस्करणको यो प्रतियोगीतामा राईलाई सनुरर्भी इन्टरनेसनले नेपालको प्रतिनिधिको रुपमा पठाउन लागेको हो ।

सनुरर्भी इन्टरनेसनले यसै बर्षबाट ‘मिस्टर इन्टरनेसनल’ को फ्रेन्चाईज समेटेको हो । राजधानी आयोजित एक कार्यक्रममा सुनरभी इन्टरनेसनलका अध्यक्ष डा. सन्तोष उपाध्यायले आफूले सुप्रानेसनलसँंगै इन्टरनेसनलको फ्रेन्चाईज पनि लिएको र उक्त प्रतियोगिता नेपालमा गत जेठ १५ गते आयोजना गरिएको जानकारी दिए ।

 

उनले भने ‘अब आगामी वर्षमा गरिने मिस्टर नेसनल नेपालमा २ विजेता हुनेछन् । एक विजेताले मिस्टर सुप्रानेसनलमा र अर्काेले मिस्टर इन्टरनेसनलमा भाग लिनेछन् ।’ यसैका साथसाथै मिस्टर नेसनलमा पनि मिस सुप्रानेसनलसँगै अर्को फ्रेन्चाईज पनि हुनसक्ने जानकारी दिए ।

कार्यक्रममा मिस इन्टरकन्टिनेन्टलको क्राउनिङ समेत प्रदान गरिएको थियो । विपना अधिकारीले ताज जितेकी समारोहमा रजनी मिश्र फस्र्ट रन अप र यरी तुलाधर सेकेण्ड रनर अप घोषित भए ।

उक्त प्रतिस्पर्धाको लागि गत हप्ता अडिसन र बन्द अन्तरवार्तामा भएको थियो । जसमा डा. सन्तोष उपाध्याय, मिस नेपाल अर्थ प्रिया सिग्देल , बडि आर्टिस्ट डिभिनिस भनिने अनिष तामाङ निर्णायकमा थिए ।

मिस इन्टरकन्टिनेन्टलको राष्ट्रिय निर्देशक राजेश रौनियारको पनि कार्यक्रममा सहभागीता थियो । विपनाले आगामी महिनामा इजिप्टमा हुने मिस इन्टरकन्टिनेन्टलमा भाग लिने छिन् ।

नेपालको सौदर्य प्रतियोगीतामा छोटो समयमै राम्रो प्रभाव जमाउन सफल सनुरभी इन्टरनेसनलका अध्यक्ष डा. उपाध्याय आफू मिस्टर नेपाल २०१९ विजेता हुन् । मिस्टर सुप्रानेसनल २०२१ मा थर्ड रनर अप हुदै ग्राण्ड स्ल्याम पिजेन्टमा नेपालको हालसम्मकै उच्च स्थान हासिल गर्ने उनी पहिलो ब्यक्ति हो ।

प्रतिक्रिया