यी युवतीसँग आज विवाह गर्दैछन् कलाकार बुद्धि तामाङ

admin

काठमाडौं, ७ असोज : कलाकार बुद्धि तामाङ शुक्रबार वैवाहिक बन्धनमा बाधिँदै छन् । तामाङले आज मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार मागी विवाह गर्न लागेकाे उनकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू उपस्थित हुनेछन् । स्राेतका अनुसार बुद्धिसँग विवाह गर्न लागेकी युवती स्नातक अध्ययनरत छन् ।

‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गरेका बुद्धि ‘हैट’ उपनामले चर्चित छन् । साथै, उनको नयाँ चलचित्र ‘दुई नम्बरी’ असोज २१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया