अर्घा मन्दिरमा एसियाकै ठूलो भगवतीको मूर्ति

admin

अर्घाखाँची, ७ असोज : अर्घाखाँचीकोे ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ ।

सन्धिखर्क नगरपालिकाले बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने सन्धिखर्क नगरपालिका–९ स्थित अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको मूर्ति राखिएको नगरपालिकाका इन्जिनियर हरि बोहोराले बताउनुभयो ।

लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति स्थापना गरिएको हो ।

जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकामा आर्थिक कारोबार तथा व्यावसायिक कारोबारमा मन्दी आउन थालेपछि नगरपालिकाले धार्मिक पर्यटकलाई भित्र्याउनका लागि एसियाकै सबैभन्दा ठूलो मूर्ति स्थापना गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुङ्गा र प्युठानको स्वर्गद्वारी आएका पर्यटकलाई अर्घा दरबारमा लैजाने उद्देश्यले मूर्ति स्थापना गरिएको सन्धिखर्क नगरपालिकाका प्राविधिक नारायण पोख्रेलले बताउनुभयो । सँगै मन्दिरमा जानका लागि नगरपालिकाको पहलमा सडकसमेत पिच हुन थालेको छ ।

प्रतिक्रिया