पूर्वप्रधानन्यायाधीश श्रेष्ठको प्रश्न- संविधान उल्लंघन साहसिक कदम हुन्छ र?

admin

काठमाडौँ, ११ असोज : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घन गर्ने कार्य राजनीतिक कदम हुने परिस्थितिले लोकतन्त्रसँग सुदृढ हुन नसक्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित सङ्घीय संसद्का पाँच वर्ष एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदनमाथिको छलफलमा श्रेष्ठले संविधान उल्लङ्घनलाई राजनीतिक साहसिक कदम भन्ने प्रवृत्तिले लोकतन्त्रलाई उन्नत तुल्याउन नसक्ने समेत बताउनुभयो ।

संविधान उल्लङ्घनलाई आपराधीकरण गर्नुपर्ने र राजनीतिक मतान्तरण भयो भनेर संविधान उल्लङ्घन गर्न नपाईने उहाले बताउनुभयो । उहाले संघीयता सम्बन्धी आवश्यक ऐन नबनाउदा प्रदेश र स्थानीय तहमा त्यसको असर देखिएको जिकिर गर्नुभयो ।

संसदबाट केहि कानून बनेको भन्दै कति उपलव्धी मान्ने भन्ने प्रश्न उठेको उहाको भनाई छ । उहाले परिवर्तनको अनुभूतिका लागि आवश्यक ऐनहरु संसदमा आउन नसकेको धारणा राख्नुभयो ।

कार्यक्रममा पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा देखिएको अस्थिरताले मुलुकका समस्यालाई प्राथमिकीकरण गर्न नसकेको धारणा राख्नुभयो ।

प्रतिक्रिया