चाडपर्व लक्षित काठमाडौं प्रहरीको बिशेष सुरक्षा योजना सार्वजनिक

admin

काठमाडौं, १२ असोज : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यालयले चाडपर्वमा हुने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न बिशेष सुरक्षा योजना सार्वजनिक गरेको जनाएको छ ।

चाडपर्व लक्षित बिशेष सुरक्षा योजनामा प्रहरी उपरीक्षक (एसपी)को कमान्डमा १४ सय ६८ ट्राफिक प्रहरी खटिने एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

सो क्रममा सवारीको यान्त्रीक जाँच देखि मापसे चेकिङ, सवारीको क्षमता लगाएत जाँच हुने उहाले बताउनुभयो । चाडपर्वमा तीव्र रुपमा सवारी चलाउदा दुर्घटना हुने सक्ने भन्दै थप ३५ स्थानमा जाँच हुने र बिभिन्न नाकामा पनि प्रभावकारी रुपमा अनुगमन गरिने भट्टले जानकारी दिनुभयो ।

उहाले नाकामा लागूपदार्थसम्बन्धी चेकजाँच पनि भइरहेको बताउनुभयो । उहाले २४ घण्टा नै ट्राफिक प्रहरी खटाएर चाडपर्व सुरक्षित गर्ने पनि बताउनुभयो । त्यस्तै बिभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया