प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

admin

काठमाडौँ, २ कात्तिक : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।

स्रोतका अनुसार अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम रहे पनि अहिले अवस्था स्थिर छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा राखेर उपचार सुरु गरिएको बताइएको छ ।

उनलाई केही दिन अस्पताल राखेर मंगलबारमात्रै डिस्चार्ज गरेर घर पठाइएको थियो । सीता दाहाल लामो समयदेखि स्नायू प्रणालीसँग सम्बन्धित जटिल रोगबाट ग्रस्त छिन् ।

 

प्रतिक्रिया