‘डिसेम्बर फल्स’ को गीतमा रोमान्टिक आर्यन र उपासना

admin

काठमाडौं : अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ मार्फत ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उनकी प्रेमीकाको रुपमा देखिदैछिन्,अहिलेको सर्वाधिक सफल हिरोइन उपासना सिंह ठकुरी ।

आर्यन र उपासना पहिलोपटक संगै अभिनीत ‘डिसेम्बर फल्स’ बर्षकै प्रतिक्षित फिल्मका रुपमा रहेको छ । पुस १५ गते देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ‘चार घण्टा कुरेको’ बोलको प्रेमील गीतको हालै छायांकन सम्पन्न भएको छ ।

भक्तपुर दरबार स्क्वायरमा भब्य सेट निर्माण गरि चार दिन लगाएर खिचिएको गीतमा आर्यन र उपासनालाई कोरियोग्राफर रामजी लामीछानेले निकै रोमान्टिक रुपमा प्रस्तुत गरेको बताइन्छ । दीपक शर्माको शब्द र संगीत रहेको गीत निशान भट्टराई र मेलिना राईले गाएका हुन् ।

भारतीय फिल्म उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई युवानिर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो । दुई साताअघि सार्वजनीक फस्र्टलुक पोस्टरले चर्चा पाइरहेको फिल्मको टिजर केही दिनमै दर्शकमाझ ल्याउने तयारी निर्माण पक्षको छ ।

आर्यन,उपासना,सुमन थापा,नरेश भट्टराईका साथमा सलोन बस्नेत,शिबहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत कलाकारको अभिनय रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । रामप्रसाद रिजालको प्रस्तुति,लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् ।

बिपीका खनालको कथा,केदार भुसाल र प्रतिक पौडेलको पटकथा÷सम्वाद रहेको फिल्म बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा,कोसिस क्षेत्री,सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् ।

प्रतिक्रिया