काठमाडौँ, ४ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा र्कीतिपुर निवासी ९२ वर्षे तरमै महर्जनले मतदान गर्नुभएको छ ।
कीर्तिपुर वडा नं ९ स्थित नेपाल टेलिकम कार्यालयमा रहेको मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।
महर्जन मतदानपछि निकै उत्साही हुनुभयो । “हामीलाई भोट हाल्ने अधिकार छ, भोट हाल्नै प¥यो”, उहाँले भन्नुभयो, “यो उमेरमा पनि भोट दिन पाउँदा राम्रो लागेको छ ।”
उहाँले छोराको सहयोगमा आज विहान मतदान गर्नुभएको हो । उहाँले मतदान केन्द्रमा पहिले जस्तो मानिसको भिड नदेखेको बताउनुभयो । उहाँले गत स्थानीय तहको निवार्चनमा पनि मतदान गर्नुभएको थियोे ।