अख्तियारद्वारा त्रिभुवन जन माविका तत्कालिन प्रधानअध्यापकसहित ६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

admin

काठमाडौं, ७ मंसिर : अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सल्यान, शारदा नगरपालिका–२, लुहापिङ्गस्थित त्रिभुवन जन माध्यमिक विद्यालयका तत्कालीन प्रध्यानाध्यपक, भवन निर्माण अनुगमन समितका सदस्य माधव विक्रम जिसी, ईन्जिनियर, वडाअध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षसहित ६ जनाविरुद्ध गैरकानुनी लाभ र हानी पुर्‍याएको भन्दै भष्ट्राचारसम्बन्धी आरोपपत्र दायर गरेको छ ।

उनीहरूविरुद्ध त्रिभुवन जन माविको भवन निर्माण गर्दा टेण्डर आवह्वान नगरी कानूनी प्रक्रिया नपुर्या ई रकम अनियमितता गरेको भन्नेु उजुरी परेको थियो ।

सोही उजुरीको अनुसन्धान गर्दा विद्यालयको बहुतल्ले भवन (प्रयोगशाला, पुस्तकालय र बहुउद्देश्यीय हल) निर्माण योजनामा नापी किताब, भुक्तानीसम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदनमा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाएको अनुशन्धानबाट खुलेको छ ।

झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी मूल्यांकनमा सही गरी ८७ लाख तीन हजार तीन सय १२ रुपैयाँ सरकारलाई हानीनोक्सानी पुर्याकएको फेला परेपछि अख्तियारले आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रिया