विश्व कपमा जापानले जर्मनीलाई २–१ गाेलले हरायाे

admin

काठमाडौं, ७ मंसिर : विश्व कप फुटबलमा एसियाकाे पावर हाउस मानिएकाे जापानले उपाधि दाबेदार जर्मनीलाई हराएकाे छ ।

आज बुधवार खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएकाे खेलमा जापानले जर्मनीलाई २–१ काे गाेल अन्तरले हरायाे । खेलमा १ गाेलले पछि परेकाे अवस्थामा जापानले पुनरागमन गर्दै २–१ काे जित निकालेकाे हाे ।

खेलकाे ३३ औँ मिनेटमा जर्मनीका लागि इल्काए गुन्डोगनले पेनाल्टीमार्फत गाेल गर्दै टिमलाई अग्रता दिलाएकाे थिए । पहिलाे हाफमा जर्मनी १–० ले अघि रहेकाे थियाे ।

तर जापानले दाेस्राे हाफमा २ गाेल फर्कायाे । जापानका लागि खेलकाे ७५ औँ मिनेटमा रित्सु डाेन र ८३ औँ मिनेटमा तकुमा ओसनाले गाेल गरे । याे जितसँगै समूह ‘ई’ मा रहेकाे जापान ३ अङ्कसहित शीर्ष स्थानमा उक्लिएकाे छ । जर्मनी भने तालिकाकाे पुछारमा रहेकाे छ ।

प्रतिक्रिया