बालेन शाहलाई घेराबन्दीमा पारियो, अब स्वतन्त्रहरु एक हुनुपर्छ : हर्क साम्पाङ

admin

काठमाडौँ, १७ मङ्सिर : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘कथाले माग्यो अब १ स्वतन्त्रहरु एक बन्ने बेला आएको छ १ स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ । यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ ।’

प्रतिक्रिया