थप ५ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित ३०

admin

काठमाडौँ, १६ पुस : थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १६९ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६९ गर्दा ५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३० पुगेको छ।

प्रतिक्रिया