तनहुँ अदालतले दियो पललाई सफाइ

admin

काठमाडौँ, ३ माघ : जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई आज सफाइ दिएको छ। नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हो।

न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि मंगलवार फैसला सुनाएको हो। शाहको पक्षबाट ५ जना कानुनव्यवसायीले बहस गरेका थिए भने जाहेरीवालाका तर्फबाट सरकारी वकिल सहभागी थिए। १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन्।

तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि शाह जेलमुक्त हुने छैनन्। किशोरीले लगाएको आरोपमा नवलपुर अदालतले शाहलाई अढाई वर्ष कैद सजाय गरिसकेको छ।

नाबालिकाले बलात्कारको जाहेरी दिए पनि अदालतले लिएको वकपत्रमा भने आरोप झूटो भएको बताएकी थिइन्। नवलपुर जिल्ला अदालतले जबरजस्ती करणीको अभियोग आए पनि बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेर फैसला सुनाएको थियो।

प्रतिक्रिया