काठमाडौं : सुदूरपश्चिम र कर्णाली प्रदेशका केही शुक्रबार भू-भागमा हल्का वर्षाको अनुमान गरिएको छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अहिले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा तुवाँलो लागेको छ। बाँकी स्थानमा मौसममा आंशिक बदली छ भने मध्य तथा पूर्वी तराईका एकदुई स्थानमा हुस्सु र कुहिरो लागेको छ।
चिसो बढ्ने क्रम केही समय अझै जारी रहने भएकाले सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ।