समानुपातिकमा एकीकृत समाजवादीको सबैभन्दा बढी खर्च, उपलब्धि शून्य

admin

काठमाडौँ, १० माघ: प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘थ्रेसहोल्ड’ कटाउन नसकेर समानुपातिक सिट पाउनबाट वञ्चित नेकपा (एकीकृत समाजवादी)ले सो निर्वाचनमा सबैभन्दा बढी खर्च गरेको छ ।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राजनीतिक दलले गरेको खर्च विवरण बुझाउन माघ ३ गतेसम्मको समयसीमा तोकेको थियो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका ४७ वटै दलले खर्च विवरण बुझाएको बताउनुभयो ।

स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउने एक लाख २३ हजार उम्मेदवारलाई आयोगले कारबाहीको दायरामा ल्याएपछि राजनीतिक दलले समयसीमाभित्रै खर्च विवरण बुझाएका हुन् ।

आयोगमा बुझाइएको विवरणअनुसार नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फको निर्वाचन प्रचार प्रसारमा एक करोड ९० लाख ८९ हजार पाँच सय रुपियाँ खर्च गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीमा एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ ।

त्यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ कम्तीमा एक सिट प्राप्त गर्न बन्दसूची पेस गरेका दलले ३ प्रतिशत मत पाएको हुनुपर्छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

 

प्रतिक्रिया