यी प्रदेशमा आज वर्षा र हिमपात

admin

काठमाडौं, ११ माघ : सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा बुधबार हल्का वर्षा र हिमपातको सम्भावना छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कारण वर्षा तथा हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो बागमती प्रदेशका उच्च हिमाली भेगमा पनि हिमपात हुने सम्भवना छ। अन्य प्रदेशहरूमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

बुधबार राति लुम्बिनी, गण्डकी, बागमती, मधेश, र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया