रास्वपाका प्रदेश बैठक अनिश्चितकालका लागि स्थगन

admin

काठमाडौँ, १३ माघ : राष्ट्रिय स्वतन्त्र पार्टीले यही माघ १४ गतेदेखि हुने सातै प्रदेशका पूर्वनिर्धारित प्रदेश समिति र संगठन विस्तारसहित सबै बैठक अनिश्चितकालका लागि स्थगन गरेको छ।

रास्वपाका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालले आज साँझ एक विज्ञप्ति जारी गर्दै प्रदेश समितिका सबै बैठक र संगठन विस्तारका सबै कार्यक्रम पार्टीको केन्द्रीय समितिको निर्णयबमोजिम विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्।

साथै उनले विज्ञप्तिमार्फत पार्टीका लागि चुनौतीको समयमा पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूलाई संयमतापूर्वक प्रस्तुत हुनसमेत हार्दिक अनुरोध गरेका छन्।

प्रतिक्रिया