काभ्रे, १९ माघ : काभ्रेको भकुण्डे बजारमा बसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ ।
बसले नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित २० किलोमा ८ बर्सिया बालिका दिबिसा अधिकारीलाई ठक्कर दिई घटनास्थलमै निधन भएको हो ।
बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले बाटोमा हिँडिरहेकि ८ बर्सिया दिबिसा अधिकारीलाई ठक्कर दिएको हो ।
अधिकारीको मृत्यु भए पछि आक्रोशित भिडले बसमा आगजनी गरेका छन् । साथै यति बेला बि.पी राजमार्गमा यतायात अबरुद्द भएको छ ।