काठमाडौँ, २९ माघ: सोसाइटी अफ एनेष्थेसियोलजिष्ट्स अफ नेपाल(सान)को अध्यक्षमा डा अमिरबाबु श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
प्रेसिडेन्ट इलेक्टमा डा अनिल श्रेष्ठ, महासचिवमा डा वासुदेव पराजुली, सह सचिवमा डा सन्दिप भण्डारी र कोषाध्यक्षमा डा पूजा थापा निर्वाचित हुनुभएको छ ।
सदस्यमा डा तारा गुरुङ, डा अमित शर्मा भट्टराई, डा सुरज लामिछाने, डा रुपेशकुमार गामी र डा प्रकृति पोखरेल निर्वाचित हुनुभएको निर्वाचन समितिका प्रमुख डा शम्भुबहादुर कार्कीले जानकारी दिनुभयो ।
नयाँ कार्यकारी कमिटीका लागि माघ २८ गते निर्वाचन सम्पन्न भएको थियो ।