काठमाडौँ, १३ फागुन : नेकपा (एमाले) को सचिवालय बैठक शनिबार बस्दैछ । बैठक बिहान ९ बजे पार्टी कार्यालय ललितपुरमा बस्नेछ ।
सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।
राष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि शनिबारको बैठकले ठोस निर्णय दिने बताइएको छ ।