मेलम्ची र विद्युतका कारण क्षतिग्रस्त बन्दै काठमाडौंका सडक

admin

काठमाडौं, फागुन १४ : मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावट र नेपाल विद्युत प्राधिकरणको तार भूमिगतको कामका कारण काठमाडौं उपत्यकाका सडकहरू क्षतिग्रस्त बन्न पुगेका छन् ।

काठमाडौं उपत्यकाका ठाउँठाउँका सडकको अवस्था अहिले नराम्ररी बिग्रन थालेका छन् । जसका कारण यात्रुहरूले कष्ट र दुःख भोग्न बाध्य भइरहेका छन् ।

 

उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको छ ।

अर्कातिर तार भूमिगत गर्न प्राधिकरणले मुख्य सडक खन्दा थप क्षति हुन पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

 

प्रतिक्रिया