पाकिस्तानमा बम विष्फोट, चारको मृत्यु,

admin

इस्लामावाद, १४ फागुन : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बर्खान जिल्लाको व्यस्त रुक्नी बजारमा विस्फोट भएको हो ।  स्थानीय प्रतक्षदर्शीका अनुसार मोटरसाइकलमा राखिएको विष्फोटक पदार्थलाई रिमोट कन्ट्रोल डिभाइसले विष्फोट गराइएको थियो ।

घटनास्थलमा प्रहरी, सुरक्षाकर्मी र उद्धार टोली पुगेपछि मृतक र घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ ।

उक्त क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालका अधिकारीहरूले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

यसअघि शनिबार साँझ बलुचिस्तानको खुजदार जिल्लामा अज्ञात आतङ्ककारीले सडक छेउमा रहेको बम प्रहार गर्दा दुई प्रहरीको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका थिए ।

प्रतिक्रिया