काठमाडौं, फागुन १५ : हिउँद सकिन बल्ल देशका अधिकांश स्थानमा हिउँदे वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु सक्रिय हुँदा वर्षासहित हिमपात भएको हो ।
लामो समयसम्म वर्षा हुन नसक्दा सुक्खा बढेको थियो । हिउँद सकिन दुई दिन मात्रै बाँकी रहँदा काठमाडौं उपत्यका लगायत धेरै जसो स्थानमा वर्षा भएको छ । फब्रुअरी २८ सम्मको अवधिलाई हिउँदको समय मानिन्छ ।
पश्चिमी क्षेत्रमा बाहेक अधिकांश स्थाननमा यस वर्षको हिउँदमा वर्षा नै हुन सकेको थिएन । हिउँदे वर्षा नहुँदा मुख्यतया हिउँदे बालीमा असर पुगेको थियो ।
मौसमविद् सञ्जिव अधिकारीले पश्चिमी वायुको समान्य प्रभाव रहेका कारण आइतबार देशको पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रहेको छ ।
प्रदेश -१ का थोरै स्थानमा, बागमती र गण्डकी प्रदेशका केही स्थाननहरुमा हल्कादेखि मध्यम वर्षा भएको मौसमविद् अधिकारीले बताए ।