बारा, १८ फागुन : जिल्ला प्रहरी कार्यालय बारामा चालु आर्थिक वर्षमा करिब १० करोड रुपैयाँबराबरको चेक बाउन्सको उजुरी परेको छ ।
चालू आ.व.को माघसम्म चेक बाउन्सका २ सय ७९ वटा उजुरी परेको र त्यसको रकम करिब १० करोड रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १ सय १८ वटा जाहेरी १ सय १३ वटा ठाडो निवेदन र ४८ वटा दर्ता गरिएका मुद्दा छन् । जिल्ला प्रहरी कार्यालय अपराध शाखाका प्रहरी निरीक्षक रुद्रराज कँडेलले प्राय: उजुरी मिटरब्याजीको रहेकोमा केही जग्गा कारोबारी र एकाध सामान्य लेनदेनको रहेको बताए ।
चेक बाउन्सका उजुरी ह्वात्तै बढेकोले ठ्याक्कै तथ्यांक निकाल्न नसकिए पनि करिब १० करोड हुन सक्ने उनले जनाए । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।