मूल्य घटाउन अटेरी गर्दै निगम

admin

काठमाडौँ, ३ चैत : पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दै आएको छ ।

तर, नेपाल आयल निगम भने स्वदेशी बजारमा मूल्य घटाउन आनाकानी गर्दै आएको छ । पेट्रोलियम पदार्थको कारोबार गरी निगमले १५ दिनमा ६० करोड रुपैयाँ नाफामा कमाइ रहेको छ ।

नाफामा भएपनि इण्डियन कर्पोरिसन (आईओसी) लाई ४ अर्ब ८० करोड र नेपाल सरकारलाई ६ अर्ब ३० करोड ऋण गरी ११ अर्ब १० कराेड तिर्न बाँकी भन्दै स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटाउने सोचमा निगम बसेको छ ।

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन नाफा भएपनि खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर ६ सय ३५ रुपैयाँ निगमले घाटा व्यर्होनु परेको हुँदा पेट्रोलियम पदार्थको मूल्य नघटाएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया