आजको मौसम : मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने

admin

काठमाडौँ, ५ चैत : हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ ।

देशका पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती भने देशभर आंशिक देखि सामान्य बदली रहने छ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन, चट्याङ्ग र हावा हुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया