नेपाल प्रहरीको आइजिपीमा वसन्त कुँवर नियुक्त

admin

काठमाडौँ, १० चैत : प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा भएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजीको पहिलो नम्बरमा रहेका कुँवरलाई आइजिपी बनाउने निर्णय गरेको हो।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह ३० वर्षे अवधिले गर्दा अवकाश भएपछि सरकारले कुँवरलाई नयाँ आइजिपीमा नियुक्त गरेको हो।

आइजिपीका लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु दाबेदार थिए। टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवर आइजिपीमा नियुक्त भएका हुन्।

उनीहरू पाँचै जनालाई सरकारले केहीदिन अघि मात्रै एआइजीमा बढुवा गरेको थियो। नवनियुक्त आइजिपी कुँवरले २०५१ चैतमा इन्स्पेक्टरबाट सेवा सुरु गरेका हुन्।

प्रतिक्रिया