काठमाडौं, चैत २१ : देशभरि मंगलबार कोरोनाका ८० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ११७ जनामा गरिएको नमुना परीक्षणबाट ८० जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै देशभरि कोरोनाका सक्रिय संक्रमितको संख्या २७९ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ जना संक्रमित निको हुँदा ३० हजार २ सय ३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
भारतबाट फर्केका १८ जनामा कोरोना संक्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ६९४ जनाको परीक्षण गर्दा भारतबाट फर्किएका १८ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित सबैलाई होम आइसोलेशनमा बस्न सुझावसहित घर पठाइएको छ।