एसीसी प्रिमियर कप आजदेखि: आजै नेपालको भिडन्त मलेसियासँग

admin

काठमाडौँ, ५ वैशाख : एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र मलेसिया भिड्दैछन् ।

यी दुई देशबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । यसैगरी, मंगलबार नै मुलपानी मैदानमा हङकङ र सिंगापुरबीच खेल हुँदैछ ।

यो खेल मुलपानी मैदानमा आयोजना हुने पहिलो अन्तराष्ट्रिय खेल पनि हो । यी दुई देशबीचको खेल पनि बिहान ९ बजेबाट सुरू हुनेछ ।

बैशाख १८ गतेसम्म चल्ने प्रतियोगितामा सहभागि १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

यसैगरी, समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

फाइनलको विजेता टोली एसिया कप क्रिकेटका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुँदैछ ।

प्रतिक्रिया